कैलालीमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा डडेल्धुराका एकजनाको मृत्यु

कैलाली –कैलालीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा डडेल्धुराका एक जनाको मृत्यु भएको छ ।
कैलालीको घोडघोडी नगरपालिका–४ सिमथरीस्थित पुर्व पश्चिम राजमार्गमा पुर्बबाट पश्चिमतर्फ जादै गरेको ना ६ ख ८४५४ नम्बरको बस र बिपरीत दिशाबाट आईरहेको सुदूरपश्चिम प्रदेश ०१–००९ प २७०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक डडेल्धुराको अजयमेरु गाउँपापालिका–४ भलकुडा बस्ने ३१ वर्षीय दर्शनसिंह भाटको मृत्यु भएको हो ।
बस र बस चालक जिल्ला कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बस्ने ३४ वर्षीय अम्मरसिंह बुढाऐरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असोज ४, २०८२ १२:५०
प्रतिक्रिया दिनुहोस्