कैलालीमा ढुङ्गाले हानेर साधुको हत्या

कैलाली –कैलालीमा ढुङ्गाले हानेर एक जना साधुको हत्या गरिएको छ ।
कैलालीको गोदावरी नगरपालिका –४ चुनेपानीस्थित लक्ष्मीनारायण मन्दिरको बगैँचामा रहेको कुटीमा बस्दै आएका साधु रामनारायण डगौराको हत्या गरिएको हो ।
बुधबार रातिको समयमा ढुङ्गाले हानेर साधुको हत्या गरिएको प्रहरीले जनाएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी ठेगाना भएका ७८ बर्षीय साधु डगौराको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको कैलाली प्रहरीले जनाएको छ ।
मृतक साधु रामनारायण गएको १६ बर्षदेखि उक्त कुटीमा बस्दै आएको थिए । मालाखेती प्रहरीले साधु मृत्यु प्रकरणमा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२ १३:२०
प्रतिक्रिया दिनुहोस्