दाङ–सल्यानको सिमा क्षेत्र चोरखोलामा माइक्रोबस दुर्घटना, ३ जनाको मृत्यु

दाङ – राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सिमा क्षेत्र चोरखोलामा माइक्रोबस दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुई जना पुरुष र एक जना महिलाको मृत्यु भएको हो । उनीहरुको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
रुकुमबाट दाङ तुलसीपुरका लागि छुटेको लु २ ख ६५०२ नम्बरको माइक्रोबस कपुरकोट–३ चोरखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा दुई जना घाइते छन् ।
उनीहरुको तुलसीपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १२, २०८२ १०:२५
प्रतिक्रिया दिनुहोस्