Sagun Khabar
डोटीमा एक जना प्रहरी जवान मृत फेला

बैतडी - डोटीमा एक ट्राफिक प्रहरी मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शिखर नगरपालिका–८ गोपघाटका २८ वर्षीय शंकर बलायर मृत फेला परेका हुन्।

शुक्रबार राति करिब ११ बजेतिर केआईसिंह राजमार्गको गोपघाट स्थित सडकमा घोप्टो परेको अवस्थामा बलायर मृत फेला परेका बताइएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

बलायर जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान थिए। असोज ७ गते १८ दिनको बिदामा बलायर आफ्नो घर डोटी आएका थिए। जिल्ला प्रहरी कार्यालय डोटीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update