Sagun Khabar
डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु 

डोटी –डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । 

जिल्लाको शिखर नगरपालिका–२, मुडेगाउँकी २२ बर्षीया मंगला पार्कीको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो । गएको असोज ४ गते दिउँसो घाँस काट्ने क्रममा मंगलालाई अरिङ्गालले टोकेको थियो । 

सुस्त मनस्थिती भएकी मंगलालाई अरिङ्गालले टोकेको बिषयमा ढिलो जानकारी भएको र असोज १८ गते मात्रै अस्पताल पुर्याएको बताइएको छ । 

जिल्ला अस्पताल डोटीमा उनको उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको थियो । 

उपचारकै क्रममा मंगलाको सेती प्रादेशिक अस्पताल धनगढीमा बुधबार बिहान निधन भएको बताइएको छ । मृतक पार्कीका श्रीमान् र दुई वर्षका एक छोरा छन् । 
 

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update