Sagun Khabar
कांग्रेस कैलालीको पार्टी कार्यालय पुनर्निर्माण गरिने 

कैलाली –नेपाली कांग्रेसको कैलाली पार्टी कार्यालय पुनर्निर्माण गरिने भएको छ । धनगढीस्थित पार्टी कार्यालयको पुनर्निर्माण नेपाली काँग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ले गर्ने निर्णय गरेको हो । 

गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमितिको कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो । 

आगजनी र तोडफोड गरिएको भवन पुनर्निर्माण गर्ने नेपाली कांग्रेस क्षेत्र नम्बर ५ को बैठकले निर्णय गरेको हो । 
 

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update