Sagun Khabar
कांग्रेस महाधिवेशनको कार्यतालिका नआउनु दुभाग्यपूर्ण : नैनसिंह महर 

कैलाली –नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले चालु केन्द्रीय समिति बैठक समक्ष वर्तमान विषम परिस्थितिमा जिम्मेवार पदाधिकारीका तर्फबाट १५औं महाधिवेशनको कार्यतालिका नआउनु दुखद् भएको बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले समयमै महाधिवेशनको कार्यतालिका नआउँदा पदाधिकारीको कार्यक्षमतामाथि प्रश्न उठ्न सक्ने चिन्ता व्यक्त गर्दै उक्त कुरा बताएका हुन्। कांग्रेस विधानअनुसार पदाधिकारीहरुको कार्यविभाजन भएको तर समयमै आआफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा १५औं महाधिवेशन समयमै सम्पन्न गर्न चुनौति देखिएको उनले औंल्याएका छन् ।

सामाजिक सञ्जालमा भन्दा पनि आधिकारिक रुपमा जिम्मेवार पदाधिकारीका तर्फबाट महाधिवेशनको कार्यतालिका केन्द्रीय समिति बैठकमा यथाशक्य चाडो आउनु पर्ने उनले बताए ।

यस्तै उनले कांग्रेसले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नु पर्ने बताएका छन् । जेनजीको माग सम्बोधन हुने गरी कांग्रेसले नेतृत्व पुस्तान्तरण गर्नुपर्ने बताएका हुन् । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १७:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update