नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्स र चितवन राइनोजबीचको खेलमा चितवन राइनोजले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ।
मंगलबार त्रिवि क्रिकेट स्टेडिययमा चितवनका कप्तान कुशल मल्लले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन्।
जारी संस्करणको पहिलो खेलमा सोमबार काठमान्डु गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको थियो।
चितवनको प्लेइङ ११
कुशल मल्ल (कप्तान), रिजन ढकाल, अर्जुन साउद, देव खनाल, दीपक बोहोरा, विपिन आचार्य, कमल सिंह ऐरी, डेविड मलान, रवि बोपारा, सैफ जैब, सोहिल तान्भिर
कर्णाली याक्सको प्लेइङ ११
सोमपाल कामी (कप्तान), पवन सर्राफ, अर्जुन घर्ती, नन्दन यादव, युनिस विक्रम सिंह ठकुरी, युवराज खत्री, गुल्सन झा, मार्क वाट, म्याक्सवेल ओ डोउड, नजीबुल्ला जद्रान, प्रियांक पञ्चाल




