एनपीएलमा सट्टेबाजी : पक्राउ परेकाले २ करोडको कारोबार गरेको भेटियो
नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ (सट्टेबाजी) गराएको आरोपमा पक्राउ परेकाहरूले २ करोड ५ लाखको कारोबार गरेको देखिएको छ ।
दुई पटकमा ९ भारतीय र एक नेपाली महिलासहित प्रहरीले १० जनालाई पक्राउ गरेर अहिले अनुसन्धान गरिरहेको छ ।
उनीहरूको कारोबार विवरण हेर्दा २ करोड ५ लाख देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
दुई जनालाई खेलाडीसँग म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परे । बाँकी ८ जना बेटिङ गराएको आरोपमा पक्राउ परेका थिए ।
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२ १६:५६
प्रतिक्रिया दिनुहोस्




