Sagun Khabar
सेती नदीमा बगेर बेपत्ता भएका युवक भेटिएनन् 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –सेती नदीमा नुहाउने क्रममा एकाएक बगेर बेपत्ता भएका डोटीका एक युवक अहिलेसम्म फेला परेका छैनन् । दिपायल सिलगढी नगरपालिका–३ बस्ने १८ वर्षीय पवन भुत्याल शुक्रबार दिउँसो सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका थिए ।

युवक बगेको खबर पाउना प्रहरीको टोलीले खोजी गरिरहेको भएपनि अहिलेसम्म फेला पार्न नसकेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए । 

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update