Sagun Khabar
विराटनगरको पहिलो हार, चितवन ४८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ४८ रनले हराएको छ । चितवनले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर ५ बलमा अलआउट भयो ।

विराटनगरका मर्चेन्ट डे लाङले ३९ र प्रतिश जिशीले ३० रन बनाए । विराटनगरका रञ्जित कुमारले ५ विकेट लिए । यस्तै कमलसिंह ऐरीले २ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७४ रन बनायो । चितवनका रवि बोपाराले ६५, देव खनालले २८ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले २/२ विकेट लिए ।

यो जीतसँगै चितवन तीन खेलमा ४ अङ्कसहित तेश्राे स्थानमा उक्लिएको छ । पहिलाे हार व्यहाेरेकाे विराटनगर तीन वटै खेल जितेर ६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । चितवन दुई खेलमा २ अङ्क जोडेर पाँचौं स्थानमा छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update