Sagun Khabar
एनपीएल क्रिकेट : चितवनलाई ६ विकेटले हराउँदै जनकपुरको पहिलो जित

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ । चितवनले दिएको एक सय ७७ रनको लक्ष्य जनकपुरले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । जनकपुरका अनिल शाह र माज सदाकतले अर्धशतकीय पारी खेले । सदाकतले ६३ र शाहले ६१ रन जोडे ।

चितवनका सोहिल तन्विर, कमलसिह ऐरी र अमरसिंह रौटेलाले एक–एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो । चितवनका डेविड मलान र अर्जुन साउदले अर्धशतकीय पारी खेले ।

मलानले ५४ बलमा सर्वाधिक ८० रन र साउदले ३९ बलमा ५२ रन जोडे । एनपीएलको पहिलो संस्करण विजेता जनकपुरको दोस्रो संस्करणमा यो पहिलो जित हो । पाँच खेलमध्ये पहिलो जित हात पारेर तालिकाको सातौं नम्बरमा रहेको जनकपुरको  ‘प्लेअफ’ मा पुग्ने गणितिय सम्भावना रहेको छ ।

पाँचमध्ये दुई खेल जितेको चितवन तालिकाको चौथो स्थानमा छ । यहि मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगिता आउँदो २७ गतेसम्म चल्नेछ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १६:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update