Sagun Khabar
पोखरा एभेन्जर्ससँग कर्णाली याक्स ३४ रनले पराजित ,याक्स  प्लेअफ होडबाट बाहिरिने पहिलो टिम

 एडम रोसिङटनको शतक मद्दतमा पोखरा एभेन्जर्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ ।

पोखराले दिएको २०२ रनको उच्च लक्ष्य पछ्याएको कर्णालील याक्सले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

 

 

पाँच खेलमा दोस्रो जित हात पारेको पोखराले ४ अंक जोडेको छ । पोखराले यसअघि जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो ।

उता ६ खेल खेल्दा पाँचौ हार व्यहोरेको कर्णाली याक्स भने प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १९:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update