Sagun Khabar
चार महिने छोराको हत्या गरेको अभियोगमा डोटी घर भएका प्रहरीका असई पक्राउ

काठमाण्डौं –नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीलाई आफ्नै चार महिनाको छोराको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ । 

डोटीको शिखर नगरपालिका–५ घर भएका कार्कीलाई आइतबार साँझ पक्राउ गरिएको काठमाण्डौं प्रहरी परिसरले जनाएको छ । 

प्रारम्भिक जानकारी अनुसार शिशुमा जन्मजात समस्या रहेको थियो । शिशुको उपचारका बिषयमा दम्पतीहरुबीच निरन्तर विवाद भइरहेका घटना भएको प्रहरीले जनाएको छ । 

कार्कीकी श्रीमती कृष्णा कुँवर पनि नेपाल प्रहरीमै जवानका रूपमा कार्यरत रहेकी छन् । 

घटना काठमाडौँको सिनामंगलस्थित डेरामा भएको प्रहरीले जनाएको छ । विवाद चर्किएपछि कार्कीले पत्नीलाई चोटपटक पु¥याएको र त्यसपछि चार महिनाको शिशु गम्भीर अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । चोटपटककै कारण शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ।

कृष्णाको महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update