Sagun Khabar
दार्चुलामा चरेशसहित दुई जना पक्राउ 

दार्चुला –दार्चुलामा चरेशसहित २ जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले दार्चुलाको महाकाली नगरपालिका–४ खलंगा बजारबाट व्यास गाउँपालिका–६ हुती घर भई महाकाली नगरपालिका–४ मा डेरा गरी बस्ने २२ वर्षीय बिजय टमटा र  खलंगा बजार बस्ने २१ वर्षीय धिरज लुहारलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट ३१ ग्राम चरेश फेला पारि उक्त पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  ०८:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update