Sagun Khabar
दार्चुला : शैल्यशिखर नगरपालिकाले आन्तरिक मूल्यांकनबाट विद्यार्थीको अन्तिम मूल्यांकन गर्ने 

दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिकाले विद्यालय तहका परीक्षा स्थगित गरेको छ । कोरोना भाईरसको संक्रमण बढ्दै गएकाले परीक्षा स्थगित गरिएको नगरपालिकाले जनाएको छ । 

तत्काल परीक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेकाले आन्तरिक मूल्याकंनबाट विद्यार्थीहरुको अन्तिम मूल्यांकन गर्न समेत नगरपालिका भित्रका सबै विद्यालयहरुलाई निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

नगरपालिकाभित्रका विद्यालयका प्रधानाध्यापकहरु समेत बसेर आन्तरिक मूल्यांकन ४० प्रतिशत, उपस्थिती परियोजना कार्य, अतिरिक्त क्रियाकलाप र अनुशासनमा ४० प्रतिशत र बिषयगत परियोजना कार्य २० प्रतिशत राखिएको बिष्टले जानकारी दिए ।

बिषयगत परियोजना कार्य सम्बन्धित बिषयगत शिक्षकलाई वैशाख २५ गतेभित्र बुझाउनुपर्नेछ । कोरोना भाईरसको संक्रमण बढ्दै गएकाले आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीहरुको मूल्यांकन गर्ने निर्णय भएको बिष्टले बताए । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update