Sagun Khabar
डोटीमा एक युवक मृत फेला 

डोटी–डोटीमा एक युवक मृत फेला परेका छन् । डोटीको शिखर नगरपालिका–११ बारबाटा बस्ने २४ बर्षीय सन्तोष रोकाया मृत फेला परेका हुन् । 

मंगलबार शिखर नगरपालिका–१० बान्डुङ्ग्रीसैनस्थित मामाघरबाट घर जान्छु भनि हिँडेका रोकाया बुधबार दिउँसो ४ बजेतिर शिखर नगरपालिका –८ गोल्माडस्थित खोलाको किनारमा मृत फेला परेका प्रहरीले जनाएको छ । 

मामाघरबाट घर नफर्केपछि रोकायाको खोजी गर्दै जाँदा उनी मृत फेला परेका हुन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update