Sagun Khabar
टी–२० विश्वकप : इंग्ल्यान्डले दियो नेपाललाई १८५ रनको लक्ष्य

काठमाण्डौं –आईसीसी टी–२० विश्वकपमा इंग्ल्यान्डले नेपाललाई १८५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको हो । 

इंग्लयान्डका लागि जेकब बेथेलले सर्वाधिक ५५ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले  ३५ बलमा चार चौका र चार छक्काको मद्दतमा ५५ रन बनाएका हुन् । 

यस्तै कप्तान ह्यारी ब्रुकले चार चौका तीन छक्काको सहयोगमा ५३ रनको अर्धशतकीय पारी खेले । विल ज्याक्सले अविजित ३९ रन बनाउँदा जोश बटलरले २६ रन बनाए । 

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २÷२ विकेट लिँदा सन्दीप लामिछाने र शेर मल्लले १÷१ विकेट लिए ।
 

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update