Sagun Khabar
डोटीमा जिप दुर्घटना : चार जना घाइते 

डोटी –डोटीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । आइतबार दिउँसो बोगटान फुड्सिल गाउँपालिका–३ धौलाबस्ती भन्ने ठाउँमा सु.प.प्र. ०३ ००१ च ००१४ नं. को जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

दुर्घटनामा परी बोगटान फुड्सिल गाउँपालिका–३ मेल्टाकी ६६ बर्षीया जुनादेवी साउँद र १७ बर्षीया सिता साउँद गम्भीर घाइते छन् । उनीहरू दुवै जनाको टाउको, खुट्टा र छातीमा चोट लागेको छ । यसैगरी जिपका चालक बोगटान फुड्सिल गाउँपालिका–६, पलाडीका २७ बर्षीय तिर्थ बोगटी र वडा नं ३ मेल्टाका १९ बर्षीय शारदा साउद पनि घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । बोगटानबाट दिपायलतर्फ जाँदै गरेको जिप अर्को गाडीलाई साइड दिने क्रममा ब्याक हुन गई सडकबाट करिब १५० मिटर तल खसेको थियो । 
 

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update