Sagun Khabar
डोटीमा कांग्रेसका खड्का विजयी 

डोटी – सुदूरपश्चिमको डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी भएका छन् ।

उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपकबहादुर धामीलाई ७८७ मतको मतले पराजित गर्दै विजयी भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेस उम्मेदवार खड्का १४ हजार ८९७ मतसहित निर्वाचित भएका छन् । एमाले उम्मेदवार धामीले १४ हजार ११० मत पाएका छन् ।

डोटीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्रबहादुर खड्काले १३ हजार २६० मत ल्याएका छन् । 
 

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update