डोटीमा माटोको ढिस्कोमा पुरिएर एक किशोरीको मृत्यु
डोटी –डोटीमा एक किशोरीको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।
जिल्लाको सायल गाउँपालिका–२ ग्वानीकी १६ बर्षीया एलिना सिंहको मृत्यु माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
घर पोत्नका माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर एलिनाको मृत्यु भएको हो ।
घटनाको जानकारीपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२ १४:१२
प्रतिक्रिया दिनुहोस्




