Sagun Khabar
दार्चुलामा बेपत्ता बालक सकुशल फेला, प्रहरीले आफन्तको जिम्मा लगायो 

दार्चुला–दार्चुलामा बेपत्ता बालक सकुशल फेला परेका छन् । 

दार्चुलाको महाकाली नगरपालिका–५ गल्फैका मनिषा लुहारका चार बर्षीय छोरा दिनेश लुहार बेपत्ता भएकोमा प्रहरीले शनिबार दिउँसो सकुशल फेला पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

मनिषाले शनिबार दिउँसो १२ बजेतिर छोरा हराएको बिषयमा प्रहरीलाई खबर गरेको र खोजतलासको क्रममा दिनेश महाकाली नगरपालिका–४ पुल्घाट नजिक फेला परेका प्रहरीले जनाएको छ । 

सकुशल फेला परेका दिनेशलाई उनकी आमा मनिषा लुहारको जिम्मा लगाएको दार्चुला प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update