काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका तीन वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ आज जारी गरेका हुन् ।
राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि राष्ट्रपति पौडेलले अस्ति बिहिवार सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गरेका थिए ।
सरकारले ६ वटा अध्यादेश सिफारिश गरेकामा राष्ट्रपतिले अहिले सम्म ५ वटा अध्यादेश जारी गरेका छन् । सवैधानिक परिषद् सम्बन्धी अध्यादेश अध्ययनको क्रममा छ ।





