राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी
काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन् । यसअघि राष्ट्रपतिले यो अध्यादेश पुनर्विचारका लागि भन्दै फिर्ता पठाएका थिए ।सरकारले हिजो फेरि दोस्रो पटक यो अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिलाई पठाएको थियो ।
अध्यादेशमा ६ सदस्यीय संवैधानिक परिषदमा ३ जनाले नै निर्णय गर्नसक्ने प्रावधान राखिएको छ । संवैधानिक परिषद्का ३ सदस्यबाट नै निर्णय हुन सक्ने अवस्था सिर्जना गर्ने भन्दै यसको आलोचना भइरहेको छ ।
योसँगै राष्ट्रपतिले सरकारले पठाएका ८ वटै अध्यादेश जारी गरेका छन् । जारी भएका अध्यादेश अब संघीय संसदमा पेश हुनेछ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३ १७:२२
प्रतिक्रिया दिनुहोस्





