Sagun Khabar
नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत 

काठमाण्डौ – सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ ।

आज बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

आज दिउँसो ४ बजे राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि शुरू हुँदैछ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  १३:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update