Sagun Khabar
स्वास्थ्यकर्मी सहित दार्चुलामा थप चारजनामा कोरोना पुष्टि 

दार्चुला–दार्चुला जिल्लामा विहिबार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज चार जना संक्रमित थपिएसंगै संक्रिय संक्रमितको संख्या ९ पुगेको छ ।

दार्चुलाको मार्मा गाउँपालिकामा दुई जना स्वास्थ्यकर्मीसहित तीन जनामा संक्रमण पुष्टि भएको मार्मा गाउँपालिकाका जनस्वास्थ्य अधिकृत सुजन नेपालीले जानकारी दिए  ।

स्वास्थ्य सन्देश
Atrya hospital

४० र ३७ वर्षीय पुरुष र २५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको उनले बताए ।  संक्रमण पुष्टि हुनेमा एक जना महिला र एक जना पुरुष स्वास्थ्यकर्मी रहेका छन् । एक जना सवारी चालकमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए  ।

यसैबिच जिल्ला अस्पताल दार्चुलामा समेत थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो चार जनामा संक्रमण पुष्टि भएपछि कन्ट्रर्याक्ट ट्रेसिङमा परेकाहरुको कोरोना परीक्षण गर्दा आज थप एक जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टले बताए ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update