Sagun Khabar
दार्चुलाको मार्मा र व्याँसमा निषेधाज्ञा जारी 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलाको मार्मा र ब्याँस गाउँपालिमा निषेधाज्ञा जारी गरिएको छ । मार्मा गाउँपालिकाको लटिनाथ स्वास्थ्य चौकीमा कार्यरत २ जना स्वास्थ्यकर्मीमा र ब्याँसका २ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएपछि मार्मा गाउँपालिका भरि एक हप्ता र व्यास गाउँपालिका वडा नम्बर ६ मा निषेधाज्ञा जारी गरिएको हो ।

बिहीबार बेलुकी ७ बजे देखि मार्मा गाउँपालिका भरि एक हप्ताका लागी निषेधाज्ञा जारी गरिएको छ भने, ब्याँस गाउँपालिका वडा नम्बर ६ मा अर्काे सूचना जारी नभएसम्मको लागी निषेधाज्ञा जारी गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

कोरोना संक्रमण अन्य क्षेत्रमा फैलिन नदिन जिल्ला प्रशासन कार्यालय दार्चुलाले स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार निषेधाज्ञा जारी गरिएको जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update