काठमाण्डौं –उपचारका लागि विदेशमा रहेका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते बेलुकी स्वदेश फर्किने भएका छन् ।
कांग्रेस नेता प्रकाशशरण महतका अनुसार देउवा हङकङबाट सोही दिन नेपाल फर्किने कार्यक्रम तय भएको छ ।
देउवा उपचारका लागि निर्वाचनअघि सिंगापुर गएका थिए । त्यसपछि थप उपचारका लागि उनी हङकङ पुगेका थिए र अहिले त्यहीँबाट स्वदेश फर्किन लागेका हुन् ।
यसअघि देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायलाई पत्राचार गर्दै साउनभित्रै नेपाल फर्किने जानकारी गराएका थिए ।
देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ । देउवा उक्त भेलामा सहभागी हुने वा नहुने विषयमा भने हालसम्म औपचारिक निर्णय भएको छैन् ।




