Sagun Khabar
सुनको भाउ तोलामा तीन लाख रुपैयाँ नाघ्यो

काठमाण्डौ– कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ एकैदिन तोलामा चार हजार ८०० रुपैयाँले बढेको छ । भाउ बढेर सुन तोलाको तीन लाख रुपैयाँ नाघेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा तीन लाख एक हजार ७०० रुपैयाँ पुगेको छ । यसअघि हप्ताको अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुनको भाउ तोलाको दुई लाख ९६ हजार ९०० रुपैयाँ रहेको थियो । 

गएको बुधबारयता सुनको भाउ निरन्तर बढेको छ । बुधबार चार हजार २०० रुपैयाँले, बिहीबार एकैदिन आठ हजार रुपैयाँले र शुक्रबार ९०० रुपैयाँले बढेको थियो । 

यस्तै, आज चाँदीको भाउ बढेको छ । अघिल्लो हप्ता पनि लगातार बढेको चाँदी आज कारोबार हुने हप्ताको पहिलो दिन आइतबार तोलामा ६५ रुपैयाँले बढेको हो । महासंघकाअनुसार चाँदी आज तोलाको चार हजार ६४५ रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  ११:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update