दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु
दार्चुला –दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको शैल्यशिखर नगरपालिका–४ मल्लो काँडापारी बस्ने १९ बर्षीया ललिता ठगुन्नाको मृत्यु भएको हो ।
शनिबार घाँस काट्ने क्रममा सोही ठाउँ स्थित भीरबाट लडेर अन्दाजी २०० मिटर तल खसेर गम्भीर घाईते भएकी ठगुन्नालाई उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३ १३:२०
प्रतिक्रिया दिनुहोस्




