Sagun Khabar
सिगास एकता कप भलिबल प्रतियोगिताको तयारी तीव्र 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–६ मोतीनगरमा प्रथम सिगास एकता कप खुल्ला भलिबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । 

सिगास मावि मुसे रौटेका भूतपूर्व विद्यार्थीहरुको आयोजनामा दशैंको अवसर पारेर यही असोज २८ गतेदेखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजक समितिका रोशन भट्टले जानकारी दिए । सिगास मावि मुसे रौटेको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन चाहने टीमले असोज २७ गते बिहान १० बजेभित्र टीम दर्ता गराइसक्नु पर्ने भट्टले बताए । 

टीम दर्ताका लागि ३ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ भने बैतडीका जिल्लाभरीका खेलाडीहरुले टीम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ । 

प्रतियोगितामा प्रथम हुने टीमलाई नगद २२ हजार २२२ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोश्रो हुने टीमलाई नगद ११ हजार १११ रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

यस्तै प्रतियोगितामा तेश्रो हुने टीमलाई नगद ६ हजार ६६६ रुपैयाँ प्रदान गरिने बताइएको छ । 

स्थानीयस्तरमा खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने र खेलकुदका गतिविधिहरुमा बढावा दिने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता सञ्चालनका लागि विभिन्न ठाउँबाट आर्थिक सहयोग संकलन भइरहेको भट्टले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  १६:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update