Sagun Khabar
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
फाइल फोटो

काठमाण्डौ – नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन्   पार्टीको १५ औँ महाधिवेशनबाट उनी सभापतिमा निर्वाचित भएका हुन् । 

अघि बिहान सकिएको मतगणनामा थापाले ६ हजार ५८४ मत प्राप्त गरे । सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे । ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । 

पार्टी सभापतिसहित केन्द्रीय कार्यसमिति चयनका लागि हिजो भएको चुनावमा ९६.२ प्रतिशत मत खसेको छ । विभिन्न २ सय ३१ पदका लागि ८ सय ११ जनाले उम्मेदवारी दिएका छन् ।

यसमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा भुसाल र काठमाण्डौ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भइसकेका छन् । 
 

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  ०७:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update