भारतको पञ्जाबमा साहित्यकार हेमबाबु लेखक अन्तर्राष्ट्रिय कला अवार्डबाट सम्मानित

बैतडी– नेपाली साहित्यकार हेमबाबु लेखक भारतको पञ्जाबस्थित जालन्धरमा आयोजित ३०औँ वार्षिक स्रष्टा सम्मान समारोहमा अन्तर्राष्ट्रिय कला अवार्डबाट सम्मानित भएका छन् । 

‎पञ्जाब कला साहित्य अकादमीद्वारा आयोजित समारोहमा लेखकलाई साहित्य तथा सांस्कृतिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । जालन्धरस्थित लायन्स क्लबमा आयोजित कार्यक्रममा भारतका विभिन्न प्रान्तका साहित्यकार, कलाकार तथा शिक्षाविद्हरूको सहभागिता थियो । 

‎विगत दुई दशकदेखि साहित्य सिर्जना तथा साहित्यिक–सांस्कृतिक अभियानमा सक्रिय लेखकका आधा दर्जनभन्दा बढी साहित्यिक तथा अनुसन्धानमूलक कृति प्रकाशित छन् । उनले सुदूरपश्चिमका विभिन्न दुर्गम क्षेत्रमा साहित्यिक तथा सांस्कृतिक सम्मेलन आयोजना गर्नुका साथै स्थानीय भाषा, साहित्य, लोकसंस्कृति र इतिहासको संरक्षणमा योगदान पु¥याउँदै आएका छन् । 

‎नेपाल र भारतका साहित्यकारहरूको सहभागितामा सुदूरपश्चिमका विभिन्न स्थानमा साहित्यिक कार्यक्रम आयोजना गरी दुई देशबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्ध विस्तारमा समेत लेखक सक्रिय रहँदै आएका छन् । विशेषगरी मानसखण्ड क्षेत्रको साझा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा उनको पहल रहँदै आएको छ ।

‎पञ्जाबमा प्राप्त यस सम्मानले नेपाली साहित्य र सुदूरपश्चिमको साहित्यिक योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप मद्दत पुग्ने अपेक्षा गरिएको छ । यो सम्मानले आफूलाई साहित्यक क्षेत्रमा लाग्न थप प्रेरणा मिलेको लेखकले बताए । 

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १०:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update