Sagun Khabar
साफको उपविजेता नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कदै
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डाै – साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कदैछ । माल्दिभ्समा भएको खेलमा उपविजेता बनेको नेपाली टोली आज बिहान सवा ९ बजे नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले केही दिनपछि मात्रै नेपाल फर्कने/नफर्कने विषयमा निर्णय गर्ने बताएका छन् । नेपाल फाइनल खेलमा भारतसँग ३–० ले पराजित भएको थियो । नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो । नेपाल, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेश सहभागी प्रतियोगितामा नेपाल शीर्ष दुईमा रहँदै पहिलो पटक फाइनलमा पुगेको थियो ।

नेपालले लिग चरणमा माल्दिभ्सलाई १–० ले र श्रीलंकालाई ३–२ ले हराएको थियो भने भारतसँग १–० ले पराजित भएको थियो । बंगलादेशसँग १/१ गोलको बराबरी खेलेर फाइनल पुगेको नेपाल भारतसँग ३–० ले पराजित भएको हो ।

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update