Sagun Khabar
घर भत्किँदा डोटीमा  २ जनाको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी-लगातार भइरहेको वर्षाका कारण डोटीमा घर भत्किँदा २ जनाको मृत्यु भएको छ। सोमबार राति जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर २ जना मृत्यु भएको इलाका प्रहरी कार्यालय डोटीले जनाएको छ। 

 

२ जना मध्ये एक जनाको शव निकालिएको र अर्को शव निकाल्ने प्रयास भइरहेको प्रहरीले बताएको छ। दुवै जनाको परिचय खुल्न सकेको छैन। प्रहरी कार्यालयबाट २ किलोमिटरको दुरीको रहेको उक्त स्थानमा उद्दारका लागि प्रहरी निरीक्षक किसन चन्दको कमाण्डको टोली खटिएको छ। 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update