Sagun Khabar
दार्चुलाका थप २३ जनामा कोरोना पुष्टि, महाकाली नगरपालिकामा आइतबारदेखि निषेधाज्ञा

दार्चुला-दार्चुलामा थप २३ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको महाकाली नगरपालिकामा ४८ जनाको कोरोना परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । शनिबार महाकाली नगरपालिकाको धाप, दत्तु र काँटैमा ४८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

शनिबार थप २३ जनामा कोरोना पुष्टि भएसंगै दार्चुलामा सक्रिय संक्रमितको संख्या ५० पुगेको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

यसैबीच दार्चुलाको महाकाली नगरपालिकामा आइतबारदेखि निषेधाज्ञा जारी हुने भएको छ । महाकाली नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

आइतबारदेखि वैशाख २५ गते सम्म महाकाली नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । सो समयमा अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुनेछन् ।

विवाह ब्रतबन्ध जस्ता धार्मिक तथा सामाजिक कार्यमा १० जना भन्दा बढीलाई सहभागी हुन दिइने छैन् । यस्तै दुध, तरकारी र खाद्यान्नका पसल दिउँसो १२ देखि २ बजे सम्म मात्रै खोल्न पाइनेछ । अत्यवाश्यक सवारी साधन प्रयोग गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीबाट पास लिनुपर्नेछ । 

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update