Sagun Khabar
दार्चुलाबाट नेपाली सेनामा कार्यरत एकजनालाई हेलिकप्टर मार्फत काठमाण्डौं लगियो

दार्चुला –कोरोना संक्रमण पुष्टि भएर शरीरमा अक्सिजनको मात्रा कम भएपछि दार्चुलाबाट एक जना नेपाली सेनाका नायकलाई सिम्रिक हेलिकप्टरमार्फत काठमाण्डौँ लगिएको छ ।

जिल्ला अस्पताल दार्चुलामा आइसियु नभएका कारण उनलाई रेफर गरिएको हो । संक्रमित पुरुषको शरीरमा अक्सिजनको मात्रा निकै कम भएपछि उनलाई काठमाण्डौं रेफर गरिएका जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिए  ।

४५ बर्षीय ती पुरुषमा वैशाख १५ गते जिल्ला अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा कोरोना पुष्टि भएको थियो । दार्चुलामा हालसम्म कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update