Sagun Khabar
डोटीमा बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई राहत वितरण 

डोटी –गत आसोज ३१ गतेदेखिको लगातारको वर्षासँगै आएको बाढीपहिरामा परी ज्यान गुमाएका डोटीको सायल गाउँपालिकाका पीडितलाई राहत वितरण गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले उक्त क्षेत्रमा पुगेर राहत रकम प्रदान गरेका हुन् । बाढीपहिरोमा ज्यान गुमाएकालाई प्रतिपरिवार दुई लाखका दरले राहत रकम प्रदान गरिएको छ । जिल्लाका अन्य क्षेत्रमा पनि राहत वितरण गरिने प्रमुख जिल्ला अधिकारी बिष्टले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

सायल गाउँपालिका–१ रोकाया गाउँका वीरे रोकाया, वडा नम्बर ४ भल्माका जङ्ग विष्ट, वडा नम्बर ५ डुमरीका हिरुवा लुहार र सोही वडा भालुमेलाका देव डुम्रेलका परिवारका सदस्यलाई दुई दुई लाख तथा वडा नम्बर ६ अम्ततोडाका आशिष कुञ्जेडा र सागर कुञ्जेडाका बुवा दिलबहादुर कुञ्जेडालाई रु तीन लाख हस्तान्तरण गरिएको छ । 

यसैगरी नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले पीडित परिवारलाई भाँडाकुँडा, कम्बल र लुत्ताकपडा प्रदान गरेको छ । यस्तै शिखर नगरपालिका–११ मा बाढीपहिरामा परी मृत्यु भएकी मन्धरी वलायरका आफन्त, वोगटान गाउँपालिका–५ का मृतक चनरी नेपालीका श्रीमान् इन्द्र नेपालीलाई समेत राहत रकमको चेक हस्तान्तरण गरिएको छ । 

जिल्लामा बाढीपहिरोबाट १५ जनाको मृत्यु भएको थियो भने एक बेपत्ता छन् । अहिलेसम्म कम्तीमा एक करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update