Sagun Khabar
डोटीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु 

डोटी –डोटीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका–८ गोपघाटमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएकी शिखर नगरपालिका–७ सेटीगाउँकी ६५ वर्षीया कृष्णादेवी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई उपचारको लागि शैलेश्वरी अस्पताल दिपायल लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update