Sagun Khabar
दार्चुलाका ६ स्थानीय तहमा निषेधाज्ञा 

दार्चुला – दार्चुलाको लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा पनि आजदेखि निषेधाज्ञा जारी गरिएको छ । लेकम गाउँपालिकामा बैशाख २० गते बिहान ६ बजेदेखि वैशाख २९ बेलुकी ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए  ।

लेकम गाउँपालिकाको विभिन्न क्षेत्रमा एन्टिजेन परीक्षणबाट १० जनामा कोरोना पुष्टि भएपछि निषेधाज्ञा जारी गरिएको हो । यस्तै मालिकार्जुन भित्र पनि नयाँ भेरियन्ट सहितको कोरोना भाइसरका संक्रमित थपिन थालेपछि गाउँपालिकाभरी निषेधाज्ञा जारी गरिएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

गाउँपालिका स्तरीय कोभिड १९ संकट व्यवस्थापन तथा नियन्त्रण समितिको सिफारिसमा गाउँपालिकाभरि बैशाख २० गते सोमबार विहान ६ बजे देखि बैशाख ३१ गते बेलुकी ६ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

निषेधाज्ञा अवधिभर गाउँपालिका भित्रका अत्यावश्यक सेवा, खाद्यान्न र ओषधी पसल बाहेक सम्पुर्ण बजार क्षेत्र बन्द गर्ने निर्णय गरिएको छ । निषेधाज्ञाको अवज्ञा गरेको पाईएमा संक्रामक रोग एन २०२० अनुसार कार्वाही गरिने प्रशासनले जनाएको छ ।

लेकम र मालिकार्जुनमा निषेधाज्ञा जारी भएसंगै दार्चुलाका ६ स्थानीय तहमा निषेधाज्ञा जारी भएको छ । यस अघि जिल्लाको मार्मा गाउँपालिका, महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका र व्याँस गाउँपालिकाको वडा नम्बर ६ मा निषेधाज्ञा जारी गरिसकिएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update