Sagun Khabar
रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको ज्यान गयो, तीन जना घाइते

रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

माडी गाउँपालिका–६ हान्निङबाट घर्तीगाउँका लागि छुटेकाे रा १ ज ३८२ नम्बरको यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जना पुरुष र एक जना महिलाको ज्यान गएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिनुभयाे ।

स्वास्थ्य सन्देश
Atrya hospital

जीप दुर्घटनामा माडी–६ हान्निङका ५१ वर्षीय रुद्र पुन, ५३ वर्षीय टेकबहादुर पुन र ४७ वर्षीया चौसरा विककाे ज्यान गएकाे छ ।  तीन जनाकै घटनास्थलमै ज्यान गएकाे डीएसपी सुवेदीले बताउनु भयाे । 

दुर्घटनामा माडी–६ हान्निङका २१ वर्षीया दीना घर्ती, १८ वर्षीय पुन र २१ वर्षीया कल्पना विक घाइते भएका छन् । घाइते भएका तीन जनालाई उपचारका लागि रोल्पा अस्पताल रेउघा ल्याइँदै गरिएको प्रहरीले बताएको छ। 

 

#ujyaalo#

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update