Sagun Khabar
नेपाली सेनामा कार्यरत दार्चुलाका एकजनाको कोरोनाका कारण मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –कोरोना संक्रमणका कारण स्वास्थ्य समस्या देखिएर दार्चुलाबाट आइतबार काठमाण्डौं लगिएका नेपाली सेनाका नायकको उपचारको क्रममा काठमाण्डौंमा मृत्यु भएको छ । शरीरमा अक्सिजनको मात्रा कम भएपछि नायकलाई उपचारकोलागि दार्चुलाबाट काठमाण्डौँ लगिएको थियो ।

जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसकेपछि सिम्रिक हेलिकप्टरमार्फत काठमाण्डौ रिफर गरिएका नायकको मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । नेपाली सेनामा कार्यरत दार्चुलाको ब्याँस गाउँपालिका घर भएका ४५ वर्षीय ति नायकको सोमबार मुत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस सम्पर्क व्यक्ति बिरेन्द्रराज भट्टले बताए  ।

यहि वैशाख १५ गते जिल्ला अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उनमा कोरोना पोजेटिभ आएको थियो । केहि दिन पहिले दार्चुलाको मालिकार्जुन घर भइ डडेल्धुरामा कार्यरत एक जना शिक्षकको समेत उपचारको क्रममा धनगढीमा मृत्यु भएको थियो । कोरोनाको दोस्रो लहर फैलिएपछि दार्चुला घर भएका दुई जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update