Sagun Khabar
कांग्रेस डोटीको सभापतिमा सिंह विजयी 

डोटी –नेपाली कांग्रेस डोटीको सभापतिमा नरेन्द्रबहादुर सिंह विजयी भएका छन् । देउवा प्यानलबाट निर्वाचन लडेका सिहंले ५६८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्दी भूमिराज बडुले ३९७ मत प्राप्त गरे ।

जिल्ला कार्यसमितिका पदाधिकारी र महाधिवेशन प्रतिनिधिको मतगणना आजै राति नै हुने निर्वाचन समितिले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

सभापतिका लागि पहिलो चरणमा पाँच जना उमेदवारका बीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा नरेन्द्र बहादुर सिंहले ३५८, भूमीराज बडुले ३४२, प्रदिप देउवाले २१४, नर बहादुर ढाँटले ९१, टेकराज ओझोले ३४ मत प्राप्त गरेका थिए । पहिलो चरणमा ५१ प्रतिशत मतपरिणाम नपुगेकोले पुनः दोश्रो चरणमा मतदान भएको थियो । 

१ हजार १ सय ७ जना मतदाता रहेको डोटीमा पहिलो चरणको मतदानमा जम्मा १ हजार ८७ मत खसेको थियो भने दोश्रो चरणको मतदानमा ९ सय ८७ मत खसेको थियो । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update