Sagun Khabar
बैतडीमा चालु आर्थिक बर्षमा सवारी दुर्घटनामा परीे १० जनाको मृत्य, २२ घाइते 
फाइल फोटो

बैतडी –बैतडीमा चालु आर्थिक बर्षमा सवारी दुर्घटनामा परी अहिले सम्म १० जनाको मृत्यु भएको छ । गएको साउनदेखि मंसिर ११ गतेसम्मको तथ्यांक अनुसार जिल्लामा सवारी दुर्घटनामा परेर १० जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवलदार लोकेन्द्र रावलले जानकारी दिए । 

जिल्लामा चालु आर्थिक बर्षमा १५ ओटा सवारी दुर्घटनामा परेर २२ जना घाइते भएका छन् । जिप, ट्याक्टर र मोटरसाइकल बढी दुर्घटनामा पर्ने गरेको रावलले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

चालु आर्थिक बर्षको भदौमा सवारी दुर्घटनामा परेर २ जना, असोजमा २ जना र मंसिरमा ६ जनाको मृत्यु ट्राफिक प्रहरीले जनाएको छ । 

ग्रामीण कच्ची सडकमा बढी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । ग्रामीण कच्ची सडक स्तरोन्नती नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको प्रहरीको निष्कर्ष छ । 

यस्तै क्षमता भन्दा बढी यात्रु बोक्ने, मापसे गरेर सवारी साधन चलाउने, ट्राफिक नियमको पालना नगर्ने लगायतका कारणले सवारी दुर्घटना बढ्दै गएका प्रहरीले जनाएको छ । 

बैतडीमा गत आर्थिक बर्षमा १५ सवारी दुर्घटनामा परेर ३० जनाको मृत्यु भएको थियो भने ४३ जना गम्भीर घाइते भएका ट्राफिक प्रहरीको तथ्यांक छ । यस्तै गत आर्थिक बर्षमा सवारी दुर्घटनामा परेर २३ जना समान्य घाइते भएका थिए । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update