Sagun Khabar
डोटीमा गर्भवतीको हेलिकप्टर मार्फत उद्धार 
फाइल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटी जिल्ला अस्पतालमा सुत्केरी हुन नसकेपछि पूर्वीचौकी गाउँपालिका–५ का २० वर्षीया सम्झना विकको हवाई उद्धार गरिएको छ । सुत्केरी हुनेक्रममा  उच्च रक्तश्राव भएका कारण उनलाई कोहलपुर मेडिकल कलेज रेफर गरिएको जिल्ला अस्पतालका डा प्रकाश ठकुल्लाले जानकारी दिए । 

विकलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टर मार्फत उद्धार गरी कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए । 

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो पटक सुत्केरीको हवाइ उद्धार गरिएको बताइएको छ ।
 

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update