Sagun Khabar
दार्चुलामा एक कोरोना संक्रमितको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा बुधबार एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको मार्मा गाउँपालिका वडा नं ३ का ५१ बर्षीय पुरुषको कोरोना भाईरसबाट मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाईजर विरेन्द्र भट्टले जानकारी दिए ।

तीनदिन अघि मार्माको अस्थायी कोरोना अस्पतालमा भर्ना भएका ती व्यक्तिमा बुधबार बिहानमात्रै एन्टीजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । ती व्यक्तिको बुधबार दिउँसो मृत्यु भएको भट्टले जानकारी दिए  ।

मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update