Sagun Khabar
डोटीको बेड गाउँ बालविवाहमुक्त घोषणा 

डोटी –डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडाको बेड गाँउलाई  जिल्लाकै पहिलो बालविवाह मुक्त गाँउ घोषणा गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोग तथा सामुदायिक विकास केन्द्रको पहलमा गाउँलाई बालविवाहमुक्त घोषणा गरिएको हो ।

 जिल्लामा सबैभन्दा बढी बालविवाह हुने गाउँको रुपमा चिनिएको बेड गाउँमा बालविवाह न्यूनीकरणका कार्यक्रम सञ्चालन गरेर बालविवाह शुन्यमा पुर्याएपछि बालविवाहमुक्त गाउँ घोषणा गरिएको वडा अध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

अबका केही दिनमा अन्य गाउँमा पनि बालविवाह मुक्त घोषणा गर्न अहिले प्रत्येक गाउँ टोलबाट पहल गर्न थालिएको केन्द्रका सूचना अधिकारी एकराज बडुले जानकारी दिए । 

नेपाल सरकारले बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ पारित गरी आगामी  सन् २०३० सम्म नेपालबाट बाल विवाह अन्त्य गर्ने लक्ष्य लिएकोमा सोही अनुसार काम भईरहेको उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update