Sagun Khabar
आफूले चढ्ने गाडी एम्बुलेन्स बनाउने दार्चुलाका सिडिओ जोशीको घोषणा 

दार्चुला –दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले आफूले चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका छन् ।

भीड १९ को महामारीको समयमा अन्य बिरामीहरुलाई अन्यत्र जान समस्या भएकाले कोभीड बाहेकका बिरामीहरुको प्रयोगका लागि गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सकिने उनले बताए । उनले भने ‘कोरोना बाहेकका बिरामीहरुलाई अहिले एम्बुलेन्सको समस्या छ । त्यसैले मैले आफूले चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सकिने भनेर घोषणा गरेको छु ।’

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्ला प्रशासन कार्यालय दार्चुलाको बा २ झ ६७ नम्बरको गाडी कोरोना भाईरस संक्रमित बाहेकका बिरामीलाई बोक्ने गरी एम्बुलेन्सको रुपमा प्रयोग गरिने जोशीले बताए । उनले भने ‘आकस्मिक परेका बिरामीहरुलाई सवारी साधन पाउन मुस्किल छ । त्यसैले जिल्लाका त्यस्ता बिरामीहरुलाई सहज होस भनेर यो निर्णय गरेको हुँ ।’

शुक्रबार बसेको जिल्ला स्तरीय कोभीड –१९ सकंट व्यवस्थापनको केन्द्रको बैठकमा प्रमुख जिल्ला अधिकारी जोशीले सो घोषणा गरेका हुन् । कोभीड बाहेकका आकस्मिक बिरामीहरुलाई सवारी साधनको समस्या देखिएकाले यस्तो घोषणा गरिएको उनले बताए । 

जिल्लामा भएका एम्बुलेन्सहरु कोभीडका बिरामीहरुका लागि प्रयोग हुने भएकाले अन्य बिरामीहरुका लागि जिल्ला प्रशासनको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिने उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update