Sagun Khabar
शैल्यशिखरका मेयरले चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिने 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिंह धामीले आफूले चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका छन् । कोरोना बाहेकका बिरामीहरुका लागि शैल्यशिखर एम्बुलेन्स नभएकाले आफूले चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न प्रमुख धामीले बताए ।

कोरोना बाहेकका आकस्मिक बिरामीहरुलाई अन्यत्र लैजानुपरेमा नगर प्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिने नगरपालिकाका कम्प्युटर अपरेटर विनोदसिंह धामीले बताए । यसले समस्यामा परेका नागरिकलाई सजिलो हुने उनले सुनाए ।

अहिले निषेधाज्ञाको समयमा सवारी साधन पाउन मुस्किल हुने भएकाले कोरोना बाहेकका बिरामीहरुलाई सहज होस भनेर गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिइने बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update