Sagun Khabar
दार्चुलामा आजदेखि निषेधाज्ञा

दार्चुला –दार्चुलामा आजदेखि निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला स्तरीय कोभीड संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिश अनुसार जिल्लामा वैशाख मसान्त सम्म निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए  ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ ले दिएको अधिकार अनुसार निषेधाज्ञा लागू गरिएको प्रशासनले जनाएको छ । निषेधाज्ञाको समयमा सवारी साधन आवागमनमा पूर्ण रुपमा रोक लगाइनेछ भने अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहनेछन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै खाद्यान्न, तरकारी तथा दुग्धजन्य पदार्थका पसलहरु बिहान ५ बजेदेखि ९ बजेसम्म दिनको एकपटक मात्रै खोल्न पाइनेछ । यस्तै खाद्य सामग्री,औषधि लगायतका अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारी साधनले स्पष्ट प्रमाण खुल्ने कागज देखाउनुपर्नेछ ।

यसैगरी विकास निर्माणका आयोजनामा प्रयोग हुने सवारी साधनका लागि सम्बन्धित आयोजनाबाट सिफारिश लिई सञ्चालन गर्न पाइनेछ । यसैगरी अतिआवश्यक सवारी साधन सञ्चालन गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीबाट पास लिनुपर्नेछ ।

विवाह ब्रतबन्ध जस्ता सामाजिक कार्यमा स्वास्थ्यका मापदण्ड अपनाइ बढीमा १० जना मात्रै सहभागी गराउन पाइनेछ ।  

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update